Logo

लघुवित्तका समस्या सम्बन्धी अध्ययन गर्दै राष्ट्र बैंक, सरोकारवालालाई सुझाव दिन आग्रह

लघुवित्तका समस्या सम्बन्धी अध्ययन गर्दै राष्ट्र बैंक, सरोकारवालालाई सुझाव दिन आग्रह



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका सरोकारवालाहरुलाई यसका समस्या, र समाधानबारे सुझाव दिन आग्रह गरेको छ । राष्ट्र बैंकले आईतबार एक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्नु पर्ने कदमहरुका बारे सुझाव पठाउन आग्रह गरेको हो ।

laxmi

राष्ट्र बैंकको सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्न समिति गठन भएको छ ।

यो समितिले आफ्नो अध्ययन प्रक्रिया सुरु गरिसकेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसका लागि आवश्यक सुझाव आगामी बैशाख २० गते भित्र पठाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL