Logo

एभरेष्ट बैंकले मनायो ग्लाेबल मनी विक २०२३, सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

एभरेष्ट बैंकले मनायो ग्लाेबल मनी विक २०२३, सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम आयोजना



काठमाडौं । एभरेष्ट बैंकले मार्च २० देखि २६ सम्म आयोजित ग्लोबल मनी विक २०२३ भव्य रुपमा मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी उक्त विक मनाएको हो ।
सो कार्यक्रमबाट युवा अवस्था देखी नै पैसा बुद्धिमानी पूर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्याउने मदत गर्ने विश्वास बैंकले लिएको छ ।

laxmi

साथै किशोर/किशोरी तथा युवा/युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो ।

पञ्जाब नेशनल बैंक भारत सँग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL