Logo

लघुवित्तलाई साढे ४ खर्बको कर्जा २ खर्बमा झार्ने बाध्यता, १ खर्ब प्रोभिजन गर्नुपर्ने

लघुवित्तलाई साढे ४ खर्बको कर्जा २ खर्बमा झार्ने बाध्यता, १ खर्ब प्रोभिजन गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्दै नयाँ निर्देशन जारी गरेसँगै धेरैजसो लघुवित्तहरु समस्यामा पर्ने भएका छन् । राष्ट्र बैंकले लघुवित्तलाई विभिन्न ६ शिर्षकमा कडाई गरेको थियो । जसअनुसार कर्जाको डुब्लिकेशन रोक्दै हाल प्रबाह भएको कर्जालाई ७ लाख रुपैयाँको सीमामा झानुपर्ने व्यवस्था गरेसँगै हाल प्रबाह भएको कर्जा २ खर्ब रुपैयाँमा झर्नुका साथै प्रोभिजन समेत उच्च रुपमा बढ्ने सम्बद्ध लघुत्तिका प्रमुख कार्यकारी अधिकृतहरु नै बताउँछन् ।

laxmi

हाल लघुवित्तहरुले ४ खर्ब ५१ अर्ब कर्जा प्रबाह गरेको र राष्ट्र बैंकको निर्देशन अनुसार उक्त कर्जा तत्काल २ खर्ब रुपैयाँमा झानुपर्ने बाध्यता आएको एक लघुवित्तका सीईओले जानकारी दिए । ‘यस अघिको राष्ट्र बैंकको निर्देशन अनुसार पनि एक लघुवित्तले १ जना ऋणीलाई १५ लाख रुपैयाँसम्म लगानी गरेका थिए,’ ती सीईओले भने, ‘डुब्लिकेशनलाई बाहेककै उक्त सीमालाई घटाएर ७ लाख रुपैयाँमा झार्नेहो भने अहिले दिइरहेको कर्जा साढे २ खर्ब रुपैयाँले घटाउनु पर्ने बाध्यता छ ।’

राष्ट्र बैंकले एक जना सदस्यले एउटा लघुवित्त वित्तीय संस्थाबाट मात्र कर्जा लिन पाउने, क, ख र ग वर्गका बैक तथा वित्तीय संस्थाले कर्जा प्रदान गरेको ऋणी सदस्यलाई घ वर्गको लघुवित्त वित्तीय संस्थाले कर्जा प्रदान गर्न नपाउने, यसभन्दा अघि तोकिएको सीमा भन्दा बढी प्रदान गरिएको कर्जामा सवैभन्दा पछि कर्जा प्रदान गर्ने संस्थाले १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने व्यवस्था गरेको छ ।

यदि उक्त नियमनै कार्यान्वनयमा जाने हो सबै लघुवित्तले प्रोभिजन गर्नुको विकल्प नरहेको समेत सम्बद्ध लघुवित्तका सीईओहरु बताउँछन् । तर, राष्ट्र बैंकले यसपूर्व प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न भने सो व्यवस्थाले बाधा नपुर्याउने उल्लेख गरेको छ ।

यसअघि ऋणीहरुले कर्जा लिँदै रोटेड गरेर ऋण तिर्दै आएको अहिले ऋण लिने बन्द गरिदिएपछि यसअघि प्रबाह भएको कर्जा तत्काल नउठने एक लघुवित्तका सीईओले जानकारी दिए । ‘अहिले लघुवित्तका ऋणीहरुले हामीसँग पैसा छैन कर्जा नै तिर्दैनौं भन्दै आन्दोलनमा उत्रिएका छन्,’ ती सीईओले भने, ‘एकतर्क ऋणीहरुले कर्जा नतिर्ने अर्कोतर्फ राष्ट्र बैंकको निर्देशनहरु जसरी पनि कर्जाको सीमा ७ लाखमा झार्नुपर्ने भएपछि प्रोभिजन गर्नुको विकल्प छैन ।’

राष्ट्र बैंकले यसअघि प्रतिव्यक्ति सबै लघुवित्तबाट बढीमा १५ लाख रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेपनि एउटै व्यक्तिले विभिन्न लघुवित्तबाट सोभन्दा बढी कर्जा लिएको तथ्यहरु बाहिर आएका छन् । अझ क, ख र ग वर्गबाट कर्जा लिएका ऋणीले लघुवित्तबाट ऋण लिन नपाउने भएपछि त्यस्ता ऋणीको कर्जामा समेत प्रोभिजन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL