Logo

राष्ट्र बैंकले भन्यो-लघुवित्तमा सेयर बजारका खेलाडी छिरेपछि समस्या आयो, थप कडाई गरिदै

राष्ट्र बैंकले भन्यो-लघुवित्तमा सेयर बजारका खेलाडी छिरेपछि समस्या आयो, थप कडाई गरिदै



काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको समस्या सेयर बजारका खेलाडीका कारण देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । सोमबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले आयोजना गरेको संकटमा लघुवित्त शिर्षकको राउन्ड टेवल छलफलमा नेपाल राष्ट्र बैंकका लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो बताएका हुन् ।

laxmi

छलफलमा बोल्दै उनले लघुवित्त क्षेत्र समस्या पर्नुका अन्य धेरै कारणसँगै सेयर बजारका खेलाडीहरुको पनि उत्तिकै हात गरेको उनको भनाई छ । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु पनि राष्ट्र बैंकले तोकिदिएको दायरा भन्दा बाहिर गईरहेको बताउँदै उनले अब चाँडै लघुवित्त वित्तीय संस्थालाई कस्ने गरी निर्देशनसमेत जारी गर्न लागेको उनले जानकारी दिए ।

पछिल्ला केहिदिनदेखि विभिन्न क्षेत्रका लघुवित्त ऋणीहरु काठमाडौंमा आएर ऋण तिर्न नसक्ने र मिनाहा गरिदिन माग गर्दै विरोध जनाईरहेका छन् । सोही कुरालाई ध्यानमा राख्दै केही लघुवित्त वित्तीय संस्थाका प्रमुख, राष्ट्र बैंकका कार्यकारी निर्देशक र लघुवित्तका ऋणीहरुलाई राखेर राउन्ड टेवल छलफल गरिएको थियो । उक्त छलफलमा ऋणीहरुले लघुवित्त वित्तीय संस्थाहरुले आफुहरुमाथि ज्यादति गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL