Logo

लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर पोखरामा, वित्तीय पहुँचमा थप सहयोग

लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर पोखरामा, वित्तीय पहुँचमा थप सहयोग



काठमाडौं । लक्ष्मी बैंकले आफ्ना २ नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिको वडा नं ११ स्थित मनिपाल अस्पताल र सोही महानगरपालिको वडा नं १७ स्थित हिमालय आँखा अस्पतालमा उक्त उक्सटेन्सन काउन्टरहरु सांलनमा ल्याएको हो ।

laxmi

यी एक्स्टेन्सन काउन्टरहरुको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १ सय ४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १ सय ७९ एटिएम, २ हजार ५ सयभन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

साथै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, एटिएम, इन्टरनेट बैंकिङ वा मोवाईल बैंकिङ सेवा प्रदान गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL