Logo

रु २० का ३१ करोड थान नोट छाप्दै राष्ट्र बैंक, नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

रु २० का ३१ करोड थान नोट छाप्दै राष्ट्र बैंक, नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई



काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँका ३१ करोड थान नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले नोट छाप्नका लागि टेण्डर आह्वान गरेको थियो । चीनको चाईना बैंकनोट प्रिन्टीङ एण्ड मिन्टीङ कर्पाेरेशनले उक्त नोट छाप्ने जिम्मा पाएको हो । कम्पनीले ४६ लाख ९८ हजार ६ सय ८५ डलर खर्चमा उक्त नोटहरु छाप्ने भएको हो । राष्ट्र बैंकका अनुसार चीनको उक्त कम्पनीले बोलपत्रमा सबैभन्दा न्युन खर्च दर्शाएपछि टेण्डर उसले हात पारेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL