Logo

एभरेष्ट बैंकको दोस्रो त्रैमाससम्मको खुद नाफामा ८९.२९ प्रतिशतले वृद्धि, वितरणयोग्य नाफा कति ?

एभरेष्ट बैंकको दोस्रो त्रैमाससम्मको खुद नाफामा ८९.२९ प्रतिशतले वृद्धि, वितरणयोग्य नाफा कति ?



काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी ७२.५६ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड २ लाख ४५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ८९.२० प्रतिशतले बढेर २ अर्ब २६ करोड ८४ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ ६८ पैसा छ । स्व–पुँजीमा प्रतिफल १३.४१ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०९ पैसाले बढेर २९ रुपैयाँ ६९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ ३९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL