Logo

निफ्राको नाफा ७३.०९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि वृद्धि

निफ्राको नाफा ७३.०९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि वृद्धि



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.०९ प्रतिशत बढी हो।

laxmi

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ४१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६०.८८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ६२.०१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७३.०९ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ करोड ९१ लाख रुपैयाँबाट घटेर ४ करोड २५ लाख रुपैयाँ भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा बढेर ७ रुपैयाँ ९ पैसा पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL