Logo

५ महिनामा ३० खर्ब तरलता प्रवाह, पौने २७ खर्बको एसएलएफ सुविधा

५ महिनामा ३० खर्ब तरलता प्रवाह, पौने २७ खर्बको एसएलएफ सुविधा



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ३० खर्ब सात अर्ब ७५ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको ५ महिनाको विवरणअनुसार ५ महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् २ खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोल कबोलमार्फत् ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत् २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल ३० खर्ब सात अर्ब ७५ करोड रुपैयाँ तरलता वित्तीय बजारमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् २६ खर्ब ६१ अर्ब ६ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL