Logo

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित



काठमाडौं । नबिल बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको शुक्रबार बसेका ३८ औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

यस्तै साधारणसभाले संस्थापक सेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालक निर्वाचित गरेको छ ।

नबिल बैंक आ.व. २०७८/७९ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ हासिल गर्न सफल भएको बैंक हो । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी यस वर्ष २७ अर्ब रुपैयाँ नाघेको छ ।

नबिल बैंकले नेपालको बंैकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न सफल भएको सभाका अध्यक्ष पौड्यालले बताए । उनले बैंकको संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै आगामी दिनमा निरन्तरता दिने प्रतिवद्धता गरे । बैंकले स्थापनाकालदेखि हालसम्म १९ अर्बभन्दा बढी रकम करको रूपमा देशको राजश्वमा योगदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL