Logo

माघ १ देखि ब्याजदर घटाउने बैंकर्स संघको निर्णय

माघ १ देखि ब्याजदर घटाउने बैंकर्स संघको निर्णय



काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरुको ब्याजदर घटाउने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठनका रुपमा रहेको संघको बुधबार सम्पन्न विशेष साधारणसभामा उपस्थित बैंकरहरुले माघ १ गतेदेखि लागू हुनेगरि ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

संघको बैंकले माघ महिनाका लागि १.१३ प्रतिशतको दरले ब्याजदर घटाउने निर्णय गरेको जानकारी संघले दिएको छ । सो निर्णयसँगै अब माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुने भएको छ ।

त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगतभन्दा संस्थागत मुद्दती खातामा २ प्रतिशत बिन्दु कम ब्याजदर दिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । 

लामो समयदेखि उद्योगी व्यवसायीले सरकारलाई नीतिगत रुपपमै ब्याजदर घटाउन दबाब दिइरहेको सन्दर्भमा संघको यो निर्णय आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL