Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व अभियान, “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” सञ्चालनमा

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व अभियान, “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” सञ्चालनमा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले १६ औं वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिएको छ । जसअनुसार बैंकले “मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट” अभियान संचालन गरेको छ ।

laxmi

यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धााश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिचाई करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तानतरण गरेको जनाएको छ ।

दैनिकरुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भएपनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको जनाएको छ । यसबाट संस्थामा बस्ने सदस्यहरुमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत बैंकले विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL