Logo

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनसमा भन्दा नगदमा जोड

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनसमा भन्दा नगदमा जोड



काठमाडौं । कृषि विकास बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले लाभांश शेयरधनीहरूलाई १३ प्रतिशतले लाभांश वितरण गर्ने भएको छ ।

बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २ प्रतिशत बोनस सेयर र कर करसमेत गरी ११ प्रतिशत नगद लाभांश गरी शेयरधनीहरुलाई १३ प्रतिशत बोनस वितरण गर्ने भएको छ ।

कम्पनीले नेपाल अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले नगद लाभांश दिने जनाएको छ । बैंकले गत वर्ष २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL