Logo

गरिमा बैंक र विदेशी मुद्रा विनिमय संघको आयोजनामा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

गरिमा बैंक र विदेशी मुद्रा विनिमय संघको आयोजनामा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथ विभिन्न विदेशी मुद्रा विनिमयका संचालक तथा कर्मचारीहरु गरि ११० जनाभन्दा बढिको उपस्थितिमा ठमेलमा रहेको होटल मर्स्याङ्दीमा सम्पन्न उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एंटि मनी लण्डरिङ (गो एएमएल), सम्पती शुद्धीकरण लगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण भएको थियो ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितिको बारेमा प्रकाश पारेका थिए ।

हाल, गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रे लगायतविभिन्न शाखाहरुबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL