Logo

GBIME

बैंकको औसत लाभांश ११ प्रतिशतबाट झर्यो, जोखिम रहितभन्दा जोखिमपूर्ण लगानीमा कम प्रतिफल

बैंकको औसत लाभांश ११ प्रतिशतबाट झर्यो, जोखिम रहितभन्दा जोखिमपूर्ण लगानीमा कम प्रतिफल



काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुले लगानीकर्तालाई दिने प्रतिफलमा उच्च गिरावट आएको छ । बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को आफ्नो मुनाफाबाट सेयर लगानीकर्तालाई दिने लाभांश क्षमता ११ प्रतिशतबाट पनि तल झरेको तथ्यांकले देखाएको छ ।

Laxmi

बैंकहरुले जोखिम रहित लगानी अर्थात मुद्दती निक्षेपमा लगानीकर्तालाई औसतमा १२ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् । तर, तिनै बैंकमा लगानी गर्ने लगानीकर्ताको आम्दानी भने खुम्चिदै ११ प्रतिशतबाट पनि तल झरेको तथ्यांकले देखाएको हो ।

हालसम्म वाणिज्य बैंकहरुमा कृषि बाहेक सबै बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेका बैंकहरुको लाभांशलाई औसत लाभांशमा गणना गर्दा १०.५९ प्रतिशत पुग्छ । कृषि विकास बैंकले उत्कृष्ट लाभांश दिने देखिएको छैन । कृषि विकास बैंकले लाभांश घोषणा गरेपछि पनि वाणिज्य बैंकहरुको औसत लाभांश साढे १० प्रतिशतको हाराहारीमा रहने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

लाभांश घोषणा गर्ने बैंकहरुमा सबैभन्दा बढी नबिल बैंक अग्र स्थानमा छ । नबिलले आफ्ना लगानीकर्तालाई ११.५ प्रतिशत बोनस सेयर र १८.५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यसैगरी सनराईज, लक्ष्मी र माच्छापुच्छ्रे बैंकले गत आबको नाफाबाट लगानीकर्तालाई लाभांश दिन नसक्ने घोषणा गरिसकेको छ ।

अहिले सामान्यतया लगानीकर्ताले मुद्दती निक्षेपमा राख्दा न्यूनतम १२ प्रतिशत र साधारण बचतमा समेत ७ प्रतिशत व्याज पाउँदै आएका छन् । निकायमकीय निकाय राष्ट्र बैंकको नियम अनुसार साधारण निक्षेप र मुद्दती निक्षेपबीचको व्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुनुहुँदैन ।

अहिलेको अवस्थामा वाणिज्य बैंकमा मुद्दती निक्षेपमा पैसा राख्नु भनेको जोखिम रहित लगानी हो । तर जोखिम लिएर सेयरमा गरिने लगानी तथा ठूलो इक्वीटी लगाएर कर्जा प्रबाह गरिएको लगानीमा भने लगानीकर्ताले कतिपय बैंकबाट शुन्य प्रतिशत पाएका छन् भने कतिपय बैंकले साधारण बचतमाभन्दा पनि कम प्रतिफल दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC