Logo

महालक्ष्मी विकास बैंकका लगानीकर्तालाई १०.४७ प्रतिशतको लाभांस, राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने

महालक्ष्मी विकास बैंकका लगानीकर्तालाई १०.४७ प्रतिशतको लाभांस, राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिने



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना लगानीकर्तालाई १०.४७ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८र७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत ६ दशमलव ४७ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको हो ।

laxmi

हाल बैंकको चुक्तापूँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा ४१ करोड ९९ लाख ३९ हजार रुपैयाँ बराबरको लाभांश वितरणको तयारी बैंकले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL