Logo

बैंक संचालक र सीईओ बन्न राष्ट्र बैंकको थप कडाई, थपियो नयाँ व्यवस्था

बैंक संचालक र सीईओ बन्न राष्ट्र बैंकको थप कडाई, थपियो नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालक र प्रमुख कार्यकारी अधिकृत बन्न थप कडाई गरेको छ । राष्ट्र बैंकले सबै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै अबका दिनमा प्रहरी प्रतिवेदनमा अपराधिक पृष्ठभुमि देखिएको व्यक्ति भए त्यस्तो सजाय भुक्तान गरेको ५ वर्ष नभई बैंक तथा वित्तीय संस्थाको संचालक तथा सीईओ बन्न नपाईने व्यस्था गरेको छ ।

laxmi

राष्ट्र बैंकले यसअघि कर्जा सूचना केन्द्रको कालोसूचीमा परी सो सूचीबाट हटेको भए त्यसरी हटेको मितिले ३ वर्ष व्यतित नभई बैंक संचालक तथा सीईओ बन्न नपाउने व्यवस्था गरेको थियो । तर आज एक सुर्कुलर गर्दै इजाजतप्राप्त सबै बैंक तथा वित्तीय संस्थाको संचालक तथा सीईओ बन्न प्रहरी प्रतिवेदनमा अपराधिक पृष्ट भुमि देखिएका त्यस्तो सजाय व्यतित गरेको ५ वर्ष पुरा भएको हुनुपर्ने व्यवस्था थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL