Logo

२० प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, दैनिक ३ अर्ब १५ करोड भित्रदै

२० प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, दैनिक ३ अर्ब १५ करोड भित्रदै



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिना (साउनदेखि कार्तिक मसान्तसम्म) मा नेपालमा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ बराबर रेमिट्यान्स आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा यो बर्ष रेमिट्यान्स २०.४ प्रतिशतले बढेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मानी ४ महिनामा भित्रिएको रेमिट्यान्सलाई दैनिक रुपमा भाग गर्दा करिव ३ अर्ब १५ करोड रुपैयाँ हुन्छ । अर्थात नेपालमा एक दिनमा ३ अर्ब १५ करोड रुपैयाँ रेमिट्यान्स भित्रने गरेको तथ्यांकले देखाउँछ ।

गत बर्ष यहि अवधिमा नेपालमा रेमिट्यान्स आप्रवाह ७ प्रतिशतले घटेको थियो । यस्तै चालु आवको पहिलो ४ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ९५ हजार १ सय ९६ जना पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि गत बर्षको तुलनामा ४६.४ प्रतिशतले बढ्द ८७ हजार ४ सय २८ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL