Logo

राष्ट्र बैंकको चेतावनी : अनलाइन बेटिङ गरेको पाईएमा बैंक खाता रोक्का

राष्ट्र बैंकको चेतावनी : अनलाइन बेटिङ गरेको पाईएमा बैंक खाता रोक्का



काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै संघसंस्था वा व्यक्तिले अनलाइन जुवामा विद्युतीय माध्यमबाट भुक्तानी गरेको पाईएमा खाता नै रोक्का गरिदिने चेतावनी दिएको छ ।

laxmi

बैंकले मंगलबार साँझ एक सूचना जारी गर्दै विद्युतीय भुक्तानी कारोबारमार्फत जुवा तथा बाजीलगायतका कार्यमा भुक्तानी गरिएको पाईए बैंक खाता, मोबाईल वालेटलगायतबाट हुने कारोबार नै रोक्का गरिने चेतावनी दिएको हो ।

यस्ता क्रियाकलापहरु गैरकानुनी भएको भन्दै यस्ता कार्यमा सहभागि नहुनसमेत राष्ट्र बैंकले सर्वसाधारणलाई आह्वान गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई पनि यस्ता क्रियाकलापमा हुने भुक्तानी पुर्ण रुपमा निरुत्साहित गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । कसैले विद्युतीय माध्यमबाट अनलाइन बेटिङका लागि भुक्तानी गरे राष्ट्र बैंकमा खबर गर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL