Logo

आयात निर्यातमा उच्च पदस्थको शंकास्पद कारोबार रहेको राष्ट्र बैंकको आशंका, जानकारी गराउन बैंकलाई निर्देशन

आयात निर्यातमा उच्च पदस्थको शंकास्पद कारोबार रहेको राष्ट्र बैंकको आशंका, जानकारी गराउन बैंकलाई निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात निर्यात कारोबारमा उच्चपदस्थ व्यक्तिको संकास्पद कारोबार तथा संलग्नता रहेको आशंकामा विशेष ध्यान दिन निर्देशन दिएको छ । बैंकले शुक्रबार एकिकृत निर्देशन २०७८ संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय आयात हुने वस्तुको ओभर भ्यालुएशन गरी पैसा बाहिर पठाउने तथा निर्यातमा पनि सोही अनुरुप ओभर भ्यालुएशन गरी स्रोत नखुलेको रकम भित्र्याइरहेको आशंका गरी राष्ट्र बैंकले यस्ता कारोबारमा विशेष निगरानी राख्न सम्बन्धित बैंकहरुलाई निर्देशन दिएको हो ।

बैंकले संसोधन गरेको निर्देशनमा भनिएको छ, ‘शंकास्पद कारोबारलाई बैंक तथा वित्तीय संस्थाले प्रारम्भिक विश्लेषण गरी उच्चपदस्थ व्यक्तिहरु संलग्न रहेको भए आन्तरिक कार्यविधिबमोजिम उच्च शंकास्पद र मध्यम शंकास्पद भुक्तानीमा वर्गीकरण गरी शंकास्पद कारोबार प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्नेछ ।’

पछिल्लो पटक उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरु नै यसमा लागिरहेको गुनासोपछि राष्ट्र बैंकले आशंकका लागेको व्यक्तिको खातासमेत खोल्न बन्द गर्नुपर्ने बताएको छ । आतंककारी क्रियाकलापमा संलग्न भएको वा स्पष्ट पहिचान नखुल्ने व्यक्तिको हकमा यस्तो खाता खोल्नसमेत नहुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL