Logo

Global_Ime

सर्लाहीको लालबन्दीमा एभरेष्ट बैंक, शाखा संख्या १२३ पुग्यो

सर्लाहीको लालबन्दीमा एभरेष्ट बैंक, शाखा संख्या १२३ पुग्यो



काठमाडौं । एभरेष्ट बैंकले आफ्नो १ सय २३ औं शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गद सर्लाहीको लालबन्दीमा आफ्नो १ सय २३ औं शाखा उद्घाटन गरेको हो ।

laxmi bank orange saving
NABIL

उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् ।

उक्त उद्घाटन समारोहमा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र कुमार बलमपाकी, लालबन्दी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर योञ्जन, हुलास गु्रपका महाप्रबन्धक मोती लाल टटेर, बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सो उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले लालबन्दी र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । यो संगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १३ पुगको छ ।

साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शिव शक्ति माध्यामिक विद्यालय, बटेश्वर गाउँपालिका वडा नं. ४, धनुषामा ई–पुस्तकालय निर्माणको लागि आफन्त नेपाललाई ५० हजार रुपैयाँको चेक समेत हस्तान्तरण गरेको छ । एक समारोहका बिच बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आफन्त नेपालका प्रबन्ध निर्देशक जय प्रकाश मण्डललाई सो चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले हालसम्म १ सय २३ शाखा, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १ सय ५७ एटिएममार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc