Logo

हुन्डाईको गाडी खरिद गर्न नबिल बैंकले न्यून ब्याजमा कर्जा दिने, सम्झौतामा हस्ताक्षर

हुन्डाईको गाडी खरिद गर्न नबिल बैंकले न्यून ब्याजमा कर्जा दिने, सम्झौतामा हस्ताक्षर



काठमाडौं । नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकमा आयोजित एक कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सजिलो रुपमा कर्जा प्रवाह गर्नेछ ।

बैंकले विद्युतिय गाडी खरिद गर्न व्यक्तिगतलाई ८० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ । यस्तै, पेट्रोलियम पदार्थबाट चल्ने गाडी खरिद गर्न व्यक्तिगतलाई ५० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

बैंकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकको अनुसार यो सुविधा नबिल बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL