Logo

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभाको गोला बजारमा



काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । उक्त एक्स्टेन्सन काउन्टर संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न। ४ स्थित गोला बजारमा रहेको छ ।

laxmi

यो एक्स्टेन्सन काउन्टरको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL