Logo

राष्ट्र बैंकको नीतिले दबावमा १४ वाणिज्य बैंक, सबैभन्दा बढी स्प्रेडमा एनआइसी एशिया

राष्ट्र बैंकको नीतिले दबावमा १४ वाणिज्य बैंक, सबैभन्दा बढी स्प्रेडमा एनआइसी एशिया



काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेपछि औषत ब्याजदर अन्तर (स्प्रेडदर) ४ प्रतिशत माथि भएका बैंकहरु दबावमा परेका छन् । यसअघि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका लागि आधारदरमा ४.४ प्रतिशतसम्म थप प्रिमियम लिन मिल्ने व्यवस्था गरेको थियो । सोही अनुसार विभिन्न १४ बैंकहरुले ४ प्रतिशत माथि स्प्रेडदर कायम गरेर प्रिमियम लिँदै आएका थिए ।

laxmi

राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै वाणिज्य बैंकहरुको स्प्रेडदर ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको छ । यसले हालसम्म ४ प्रतिशतभन्दा माथि स्प्रेडदर कायम गरेका वाणिज्य बैंकहरुलाई दबाव सिर्जना भएको हो ।

चालू आर्थिक बर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी स्प्रेडदर भएका बैंकमध्ये एनआईसी एशिया बैंक पहिलो स्थानमा छ । चालू आवको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको औषत स्प्रेडदर ४.३९ प्रतिशत छ ।

एनआईसी एशिया बैंकले पहिलो त्रैमासमा ३ अर्ब ४१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै चालु आवको पहिलो त्रैमासमा सिभिल बैंकको औषत स्प्रेडदर ४.३२, प्राईम कमर्सियल बैंकको ४.३१, राष्ट्रिय वाणिज्य बैंकको ४.२६ र बैंक अफ काठमाडौं लिमिटेडको ४.२६ प्रतिशत छ ।

यस्तै यस अवधिमा माछापुच्छ्रे बैंकले ४.१९, एभरेष्ट बैंकले ४.१७, ग्लोबल आइएमई बैंकले ४.१४, कुमारी बैंकले ४.१३, सनराइज बैंकले ४.१३ र लक्ष्मी बैंकले ४.०९ प्रतिशत स्प्रेडदर कायम गरेका छन् । यस्तै यस अवधिसम्म मेगा, नबिल र एसबीआई बैंकको स्प्रेडदर पनि ४ प्रतिशतको हाराहारीमा छ ।

बाँकी १२ वाणिज्य बैंकहरुले भने स्प्रेडदर ४ प्रतिशत तलै कायम गरेका छन् । यसरी यस अवधिसम्म सबै वाणिज्य बैंकको औषत स्प्रेडदर ४.०१ प्रतिशत कायम भएको छ । सो अवधिसम्म आईपुग्दा सिटिजन्स इन्टरनेशनल बैंकले भने सबैभन्दा कम ३.५३ प्रतिशत स्प्रेडदर कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL