Logo

नेपाल बैंकको नयाँ शाखा बुटवलको चौराहामा, शाखा संख्या २२६ पुग्यो

नेपाल बैंकको नयाँ शाखा बुटवलको चौराहामा, शाखा संख्या २२६ पुग्यो



काठमाडौं । नेपाल बैंकले रुपन्देहीको बूटवल उपमहानगरपालिका वडा नं ९ स्थित राजमार्ग चौराहामा शाखा बिस्तार गरेको छ ।

संचालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र उपमहानगरपालिका नगर प्रमूख खेलराज पाण्डेले संयूक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रतिष्पर्धात्मक बैंकिङ् बजारमा चूस्त दूरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष ज्ञवालीले बताए ।

त्यसैगरी सीईओ कृष्णबहादूर अधिकारीले शाखा विस्तारले सरकारको बैंक भएकाले बैंकको नाफाको ठूलो अंश सरकारको आम्दानीको रुपमा पूनः देश विकासकै लागि खर्च हूने भएकाले पनि सरकारी बैंकसंग कारोबार गर्न उपयूक्त हूने बताए ।

नेपालभर २२६ शाखाहरु, १९९ एटीएम, ५० वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको बैंकले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL