Logo

महालक्ष्मी विकास बैंक र कलेजहरुबीच सम्झौता, विद्यार्थीलाई इन्टर्नसीपको अवसर

महालक्ष्मी विकास बैंक र कलेजहरुबीच सम्झौता, विद्यार्थीलाई इन्टर्नसीपको अवसर



काठमाडौं । महालक्ष्मी विकास बैंक हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टबीच सम्झौता भएको छ ।

laxmi

हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका हुन् ।

यस्तै शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पश्चात बैंकले कलेजका बिद्यार्थीहरुका लागि इन्टर्नसीपको अवसर पाउनेछन् ।

बैंकले यस्तै बैंकिङ सचेतना, जव फेयर कार्यक्रमलगायत अन्य कार्यक्रमहरु प्रदान गर्नेछ । यस किसिमको सहकार्यबाट कलेजका बिद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL