GBIME

मेगा बैंकले कमायो बैंकले ५० करोड ९१ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता छन् ?


बिजखबर संवाददाता
24 October, 2022 9:47 am

Mega Bank Logo

काठमाडौं । मेगा बैंकको नाफा घटेको छ । असोज मसान्तसम्मको विवरण अनुसार बैंकको नाफा ४४.३३ प्रतिशतले घटेको हो । सो अवधिमा बैंकले ५० करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस्तो रकम ९१ करोड ४६ लाख रुपैयाँ रहेको थियो।

NABIL
lAXMI_BANK

असोज मसान्तसम्ममा बैंकको नाफा घटेपनि खुद ब्याज आम्दानी १८.६० प्रतिशतले बढेको छ । त्यस्त बैंकको कुल सञ्चालन आम्दानी ७.५६ प्रतिशतले बढेको छ । तर यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्जमा बढेकाले पनि बैंकको नाफा घट्न पुगेको हो ।

सोही समयमा बैंकको जगेडा कोषमा ६अर्ब ७५ करोड रहेको छ। त्यसैगरी, बैंकको निक्षेप १।१० प्रतिशतले बढेर १ खर्ब ५५ अर्ब पुगेको छ भने र कर्जा २।९९ प्रतिशत बढेर १ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ।

सो समयमा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४१ रुपैयाँ ८८ पैसा रहेको छ। मेगा बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL