Logo

सिद्धार्थ बैंकले ल्यायो तिहारको अवसर रु.४०० क्यासब्याक योजना

सिद्धार्थ बैंकले ल्यायो तिहारको अवसर रु.४०० क्यासब्याक योजना



काठमाडौं । सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ ।

laxmi

तिहार लक्षित योजनामा बैंकले डिजिटल बैंकिङ मार्फत किनमेलको भुक्तानी दिने ग्राहकलाई ४०० रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जनाएको हो ।

यस योजना अन्तर्गत बैंकले ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक रु. ५०० वा सो भन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा रु. ४०० क्यास ब्याक पाउने बताएको छ । नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न यस्तो योजना ल्याइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL