Logo

एनएमबि बैंकले भित्र्यायो १३ अर्ब ३१ करोड रुपैयाँ वैदेशिक ऋण, साना तथा मझौला व्यवसाय कर्जा विस्तार गर्ने

एनएमबि बैंकले भित्र्यायो १३ अर्ब ३१ करोड रुपैयाँ वैदेशिक ऋण, साना तथा मझौला व्यवसाय कर्जा विस्तार गर्ने



काठमाडौं । एनएमबी बैंकले १० करोड अमेरिकी डलर (१३ अर्ब ३१ करोड ४० लाख रुपैयाँ) बराबरको वैदेशिक ऋण पाउने भएको छ । अमेरिकाको स्टेट इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) एनएमबी बैंकका लागि भन्दै उक्त ऋण स्वीकृत गरेको हो । डीएफसीले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न उक्त कर्जा स्वीकृत गरेको हो ।

laxmi

डीएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानको लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो ।

एनएमबि बैंक र डीएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलता मार्फत आत्मनिर्भरताको लागी महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्ने बैंकले जानकारी दिएको छ । हालको बैंकिङ तरलताको परिदृश्यमा, यसरी देशमा भित्रिने वाह्य वित्तीय श्रोतले देशकै आवश्यकता अनुरुप उत्पादनमुलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउने बैंकले विश्वास लिएको छ ।

एनएमबि बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पूंजीको लागी डीएफसीसहित हालसम्म ९ डेभलपमेण्ट फाईनान्सियल ईन्सिटच्युसनबाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याईसकेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL