Logo

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख सहयोग, अस्पतालको सेवा सुविधा वृद्धिमा सहयोग पुग्ने

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख सहयोग, अस्पतालको सेवा सुविधा वृद्धिमा सहयोग पुग्ने



काठमाडौँ । सिद्धार्थ बैंकले वीरगंजस्थित नारायणी अस्पतालको भवन मर्मत तथा सम्भारको लागि रु। ५५ लाखसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ । उक्त कार्यको समन्वय तथा सहजीकरण गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिरेन्द्र बहादुर प्रधान र राउण्ड टेबल नेपालका तर्फबाट उक्त संस्थाका नेशनल प्रेसिडेन्ट राहुल अग्रवालले हस्ताक्षर गरे ।

वीरगंज स्थित दियालो लर्डस् प्लाजामा आयोजित उक्त सम्झौता कार्यक्रममा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक, प्रदेश प्रमुख, शाखा प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, संस्थाका नेशनल प्रेसिडेन्ट, नगर प्रमुख तथा स्थानिय उद्योगपति, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

बैंकबाट प्राप्त उक्त सहयोग रकम नारायणी अस्पतालको विरामीहरुका लागि निमार्णधीन भवनको सिभिल, फिनिसिङ तथा थप संरचना बनाउने कार्यका लागि उपयोग गरिनेछ । सो सहयोगबाट विरामीहरुलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL