GBIME

प्रभु बैंक लिमिटेड र केशिज रेष्टुरेन्ट एण्ड बारबीच आकर्षक छुटसम्बन्धी सम्झौता


बिजखबर संवाददाता
25 September, 2022 2:31 pm

काठमाडौं । प्रभु बैंक लिमिटेड र ठमेलस्थित केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिका तर्फबाट प्रोप्राइटर सुबोध शाक्यद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

NABIL
lAXMI_BANK

प्रभु बैंक र उक्त रेष्टुरेन्ट बिच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिद्धारा सञ्चालित फुड र वेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौताअन्तर्गत केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, केशिज रेष्टुरेन्ट एण्ड बार प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुुने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL