Logo

सानिमा बैंकको केन्द्रिय कार्यालय नक्सालमा क्यास डिपोजिट मेसिन सञ्चालनमा

सानिमा बैंकको केन्द्रिय कार्यालय नक्सालमा क्यास डिपोजिट मेसिन सञ्चालनमा



काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेसिनबाट ग्राहकहरू आफैले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको हो ।

यस सुविधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

हाल उक्त मेसिनबाट ग्राहकहरुले रु ५०० र १००० दरका रु १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL