SCT


GBIME

राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कलेजबीच सहकार्य सम्झौता, तालिम र कर्जा प्रवाहमा मिलेर काम गर्ने


बिजखबर संवाददाता
21 September, 2022 9:12 am

Kings_College_MoU rbb

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

NLIC
Lamxi_bank

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि ओथारो कार्यक्रम मार्फत किङ्गस कलेजले उद्यम तथा व्यवसाय गर्न चाहने देशभरका युवाहरुबाट व्यवसायीक नवप्रवर्तन योजना माग गरी उत्कृष्ठ योजना छनौट गरीे परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने छ ।

तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गरिनेछ भने सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५९संशोधन समेत० अन्र्तगत कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL