Logo

प्रभु बैंक र अत्तरीया हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलका सेवामा छुट

प्रभु बैंक र अत्तरीया हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलका सेवामा छुट



काठमाडौं । प्रभु बैंक लिमिटेड र कैलालीस्थित अत्तरीया हस्पिटल प्रालिबिच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो । बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रविकान्त जोशी र अत्तरीया हस्पिटल प्रालिका तर्फबाट प्रबन्ध निर्देशक आनन्द पाठकले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले अत्तरीया हस्पिटलमा एक्स–रे, इ.सी.जी, इको, इन्डोस्कोपी, ओ.पी.डी, इमर्जेन्सी टिकट शुल्क, प्याथोलोजी टेस्ट, गाइनोकोलोजी सर्जरी, अर्थोपेडिक सर्जरी, जेनरल सर्जरी, एन्.आइ.सी.यु, आइ.सी.यु, जेनरल बेड हस्पिटल एड्मिट शुल्क सेवामा १० प्रतिशत र क्याबिन हस्पिटल एड्मिट शूल्कमा २० प्रतिशत, साथै ल्याप्रोस्कोपिक सर्जरीमा ७ प्रतिशत छुट प्राप्त पाउनेछन् ।

उक्त सुविधा लिनका लागि प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL