Logo

प्राइम बैंकलाई अन्तरराष्ट्रिय अवार्ड, सृजनशिलता र नयाँ आविष्कारको मूल्यांकन

प्राइम बैंकलाई अन्तरराष्ट्रिय अवार्ड, सृजनशिलता र नयाँ आविष्कारको मूल्यांकन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्राइम कमर्सियल बैकले यस वर्षको एशिया प्रसान्त क्षेत्रको उत्कृष्ट बैंकको अवार्ड प्राप्त गरेको छ ।

हालै  लण्डनमा आयोजित एक कार्यक्रमबीच प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरलाई अवार्ड प्रदान गरिएको हो । उनी    उत्कृष्ट बैंक तथा उत्कृष्ट म्यानेजरको अवार्डबाट सम्मानित भएका हुन् ।

बैंकलाई बेलायतको अक्सफोर्ड अन्तरगतको यूरोप विजनेश एसेम्बली (इबीए)ले एक कार्यक्रमबीच २०१६ को ‘प्रेस्टिजिएस इन्टरनेशनल अवार्ड’ प्रदान गरेको हो ।

यूरोप विजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, बैज्ञानिक, सामाजिक र सास्कृतिक रुपमा विकास गर्न सहयोग पुर्याउने संस्थालाई उक्त अवार्ड दिँदै आएको छ । अक्सफोर्ड अन्तरगत सन् २००० मा स्थापना भएको इबीएले विशेषगरी, इबीएले राजनीतिज्ञ, उद्यमी व्यवसायी, बैज्ञानिक र कलाकारलाई यस्तो अवार्ड दिने गरेको छ । बैंकले उत्कृष्ट व्यवस्थापन, कर्मचारीलाई राम्रो सेवा सुविधा तथा सेवाग्राहीलाई राम्रो सेवा प्रदान गरे वापत उक्त अवार्ड प्राप्त गरेको हो ।

त्यस्तै इबीएले कम्पनीको कार्य सम्पादन, प्रभावकारिता, स्पष्ट दृष्टिकोण र सफल नेतृत्व, सृजनशिलता र नयाँ आविश्कारलगायतको  विषयमा मुल्याङकन गरी बैंकलाई सो अवार्ड दिएको हो ।
यसैगरी, इबीएले प्राइम कमर्शियल बैंककै प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरलाई यस वर्षको उत्कृष्ट म्याजेनर अवार्डका सम्मान गरेको हो । प्राइम नेपालको उत्कृष्ट १० बैंकको सूचीभित्र रहेको छ । बैंकले जलविद्युत, सिमेन्ट उद्योगलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।

बैंकले स्थापना कालदेखि नै लगानीकर्तालाई प्रतिफल दिँदै आएको छ । बैंक गत आर्थिक वर्षमा कम खर्च गरी बढी नाफा कमाउने बैंकमध्ये पहिलो सूचिमा थियो ।  २००७ मा स्थापना भएको बैंकले हाल ३० ओटा शाखा, २ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले चालू आवको दोस्रो चौमासमा पनि ४६ करोड ९२ लाख रुपैयाँ मुनाफा आसृजनशिलता र नयाँ आविश्कारलगायतका र्जन गरेको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड ९२ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।

बैंकले चालू आवको दोस्रो चौमाससम्ममा कुल ४२ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । हाल बैकको खराव कर्जा अनुपात पनि १ दशमलव ४६ प्रतिशत मात्र रहेको छ ।

prime bank

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL