काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएअनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँ पुगेको हो ।
नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । आज सुनको मूल्य आईतबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँले बढेको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढ्दै २ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
यसअघि आईतबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ६ सय २० रुपैयाँमा कारोबार भईरहेको थियो ।