Logo

ग्लोबल आइएमईको दशैं अफर, क्यूआरमार्फत दशैंको किनमेल गर्दा आईफोन १३ जित्ने मौका

ग्लोबल आइएमईको दशैं अफर, क्यूआरमार्फत दशैंको किनमेल गर्दा आईफोन १३ जित्ने मौका



काठमाडौं । ग्लोबल आइएमई बैंकले आइफोन १३ जित्न सकिने गरी दशैं अफर सार्वजनिक गरेको छ । बैंकले मोबाइल बैंकिङ प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको हो ।

असोज १ देखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान गरिनेछ ।

उक्त योजनामा सहभागी हुनको लागि असोज महिनाभर ५ सय रुपैयाँ वा सो भन्दा बढिको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ । बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज् प्रालि तथा स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालिसँगको सहकार्यमा ल्याएको हो ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । मुलुकका सतहत्तरै जिल्लामा २९० शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL