Logo

चालु खाता घाटा १६ अर्ब २६ करोड पुग्यो, शोधनान्तर स्थिति पनि ३८ अर्व ७५ करोडले घाटामा

चालु खाता घाटा १६ अर्ब २६ करोड पुग्यो, शोधनान्तर स्थिति पनि ३८ अर्व ७५ करोडले घाटामा



काठमाडौं । नेपालको चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको छ । गत आर्थिक बर्षको पहिलो महिना साउनमा ४७ अर्ब २९ करोडले घाटामा रहेको नेपालको चालु खाता घाटा चालु आवको पहिलो महिना केहि घटेको हो ।

laxmi

अमेरिकी डलरमा अघिल्लो आवको साउनमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता चालु आवको आवको सोही अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ ।

यस्तै चालु आवको साउनमा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई ८० करोड ३ लाख रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक छ ।

गत बर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रुपैयाँ रहेको थियो । चालु आवको साउन महिनामा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा छ ।

गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL