Logo

बैंक अफ काठमाण्डूको दशैं योजना, कार्डमार्फत ईकमर्श कारोबार गरे १५ सयसम्म नगद फिर्ता

बैंक अफ काठमाण्डूको दशैं योजना, कार्डमार्फत ईकमर्श कारोबार गरे १५ सयसम्म नगद फिर्ता



काठमाडौं । बैंक अफ काठमाण्डूले आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी नयाँ अफर सार्वजनिक गरेको छ । आफ्ना डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ईकमर्श कारोबारमा नगद फिर्ता दिनेगरी उक्त योजना सार्वजनिक गरेको हो ।

बैंकका कार्डबाहक ग्राहकहरुले विभिन्न ईकमर्स प्ल्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । यसो गर्दा ग्राहकहरुले कारोबार गरेको रकमको १०% वा अधिकतम् १ हजार ५ सय रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् ।

यस नगदफिर्ता योजना यहि २०७९ साल भाद्र २२ गते बुधबारबाट सुरु हुनेछ । यस नगदफिर्ता योजना अन्र्तगत बैंकको कार्डबाहक ग्राहकले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ र कारोबार रकम १० हजार रुपैयाँ वा सो भन्दा बढि रकमको हुनपर्नेछ । यदि कोहि ग्राहको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् ।

अथवा आफुलाई पायक पर्ने बैंकको कुनैपनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निशुल्क दर्ता गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL