Logo

प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवासम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवासम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौं । प्रभु बैंक लिमिटेडले विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सोमबार होटेल भ्याली भ्यु, वीरेन्द्रनगर, सुर्खेतमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

laxmi

भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, कर्णालीका सचिव डा. लेखराज दाहाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रभु बैंकका ऋद्यऋइ सुनिल राना लगायत कर्णाली प्रदेश अन्तरगतका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोद कुमार भट्टराईले कृषि क्षेत्र विकास कार्यक्रमको परीचय सहित यस कार्यक्रमको कार्यक्षेत्र तथा काम गर्ने तरीकाको बारेमा जानकारी गराए ।

प्रभु बैंकका हेड माइक्रोफाइनान्स डिपार्टमेन्ट चन्द्र बहादुर खत्रीले कृषि क्षेत्र विकास कार्यक्रमको लाभग्राहीका लागि सहज र सरल तरीका बाट कर्जा उपलब्ध गराउनका लागि छुट्टै कर्जा सेवा बनाई कार्यान्वयन गरिने जानकारी दिए ।

साथै, कर्णाली प्रदेश तथा सो अन्तरगतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्तरगतका लाभग्राहीहरुलाई सहज रुपमा कर्जा प्रवाह गराई वित्तिय साक्षरता समेत उपलब्ध गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL