SCT


GBIME

एभरेष्ट बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग, चार लाख ३० हजारको चेक हस्तान्तरण


बिजखबर संवाददाता
22 August, 2022 10:22 am

everest_csr

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि चार लाख उनान्सत्तरी हजार नौ सय दश रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

NLIC
Lamxi_bank

सो कार्यक्रममा एभरेष्ट बैंकका सीएसआर कमिटीको तर्फबाट सदस्य डा गणेश राज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरेका थिए ।

यसबाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा बैंकका बजार विभाग प्रमुख पुष्प राज उप्रेतीको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL