Logo

कामना सेवा विकास बैंकको क्युआर मर्चेन्ट बोनस योजना, पहिलो भुक्तानीमा १५% बोनस

कामना सेवा विकास बैंकको क्युआर मर्चेन्ट बोनस योजना, पहिलो भुक्तानीमा १५% बोनस



काठमाडौं । कामना सेवा बिकास बैंकले मर्चेन्ट बोनस योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना फेन पे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनस योजना ल्याएको हो ।

laxmi

बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि बुधबारदेखि यो सेवा सुरु गरेको हो ।

‘क्युआर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार’ नामक उक्त योजना अन्तर्गत क्युआर मर्चेन्टहरुले क्युआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रुपैयाँसम्म बोनस बापत प्राप्त गर्नेछन् ।

उक्त रकम मर्चेन्टले आफ्नो कामना सेवा बैंकमा रहेको खातामार्फत प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL