Logo

बैंक अफ काठमाण्डूको ऋणपत्र खुल्यो, वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइने

बैंक अफ काठमाण्डूको ऋणपत्र खुल्यो, वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइने



काठमाडौं । बैंक अफ काठमाण्डूले आज (भदौ २ गते) देखि १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । बैंकले ‘बिओके डिबेन्चर, २०८६ (क)’ नामक सो मात्राको ऋणपत्र आजदेखि बिक्रीमा राखेको हो ।

laxmi

७ वर्ष अवधि रहेको उक्त ऋणपत्र बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा राखेको हो । जसमा लगानी गर्दा वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइने छ ।

बैंकले बिक्रीमा ल्याएको कुल ११ लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। साथै, सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको समेत बैंकले जानकारी गराएको छ ।

त्यस्तै, उक्त ऋणपत्रको बिक्री बन्द छिटोमा भदौ ७ गते र ढिलोमा भदौ १६ गते हुने छ । यससँगै इच्छुकले सो अवधि भित्रमा न्यूनतम २५ गतेदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL