Logo

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने



काठमाडौँ । आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन् ।

क्यासब्याक सुविधाको लागि ग्राहकले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नुपर्ने छ । यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध रहने छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम, ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL