Logo

राष्ट्र बैंकको संचालकमा अर्थ सचिव पुष्कर नियुक्त, कामु प्रधानन्यायाधीश समक्ष लिए सपथ

राष्ट्र बैंकको संचालकमा अर्थ सचिव पुष्कर नियुक्त, कामु प्रधानन्यायाधीश समक्ष लिए सपथ



काठमाडौं । नवनियुक्त अर्थ सचिव कृष्ण हरि पुष्कर राष्ट्र बैंकको संचालकमा नियुक्त भएका छन् । बुधबार कायम मुकायम प्रधान न्यायधीश दिप कुमार कार्कीसमक्ष राष्ट्र बैंकको संचालक समितिको हैसियतमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

laxmi

सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका का.मु. मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थी, रजिष्ट्रार निर्मला पौडेल, सह–रजिष्ट्रारद्वय विमल पौडेल र नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL