Logo

एनएमबि बैंकले भित्र्यायो आईएफसीबाट साढे २ अर्ब डलर लगानी, साना तथा मझौला उद्योगमा कर्जा विस्तार गरिने

एनएमबि बैंकले भित्र्यायो आईएफसीबाट साढे २ अर्ब डलर लगानी, साना तथा मझौला उद्योगमा कर्जा विस्तार गरिने



काठमाडौं । एनएमबि बैंकले विश्व बैंक समुहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा वापत २ करोड ५० लाख अमेरिकी डलरको लगानी भित्र्याएको छ ।

laxmi

एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आङबीच उक्त समझदारी आदान प्रदान भएको हो ।

उक्त कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मदत पुग्नेछ । एनएमबि बैंक ४ बर्षको अवधिमा आइएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९ कोकारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपुर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउँने विश्वास बैंकले लिएकोछ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL