Logo

राष्ट्रिय वाणिज्य बैंकले कमायो ५ अर्ब २१ करोड नाफा, बन्यो नाफा आर्जनमा नम्बर एक बैंक

राष्ट्रिय वाणिज्य बैंकले कमायो ५ अर्ब २१ करोड नाफा, बन्यो नाफा आर्जनमा नम्बर एक बैंक



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नापाmामा छलाङ मारेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको अन्तिम त्रैमाससम्ममा गत आर्थिक वर्षको भन्दा ३७.३८ प्रतिशले नाफामा वृद्धि गर्दै अन्य वाणिज्य बैंकहरुभन्दा बढी कमाउन सफल भएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले यस्तो नाफा ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशशत र सञ्चालन मुनाफा ३७.६७ प्रतिशत, फि तथा कमिसन आम्दानी ६.८ प्रतिशतले बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा सिमित भएको छ । अघिल्लो वर्ष ३७.२७ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।

गत असारसम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशत घटेर ६७ करोड २ लाख ५९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत बढेर ११ अर्ब २७ करोड ७९ लाख ८८ हजार रुपैयाँ, सञ्चालन मुनाफा ३७.६७ प्रतिशत बढेर ७ अर्ब १ करोड ८४ लाख ९६ हजार रुपैयाँ, र वितरणयोग्य नाफा ३२.९५ प्रतिशत घटेर ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेर १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ, जगेडा कोष ०.२९ प्रतिशत बढेर १८ अर्ब ५४ करोड २९ लाख १८ हजार रुपैयाँ, निक्षेप १.६९ प्रतिशत घटेर २ खर्ब ५९ अर्ब ३८ करोड ३२ लाख ६७ हजार रुपैयाँ र कर्जा १९.२२ प्रतिशत बढेर २ खर्ब १२ अर्ब ४ करोड ९५ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL