Logo

लघुवित्त कम्पनीले चुक्तापुँजीको शतप्रतिशत ऋणपत्र जारी गर्न सक्ने, गाभिएपछि पाईने सुविधा पुष मसान्तसम्म थप

लघुवित्त कम्पनीले चुक्तापुँजीको शतप्रतिशत ऋणपत्र जारी गर्न सक्ने, गाभिएपछि पाईने सुविधा पुष मसान्तसम्म थप



काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाहरुले कुल चुक्तापुँजीको शतप्रतिशतसम्म ऋणपत्र जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरिदिएको हो । यसअघि चुक्ता पुँजीको २५ प्रतिशत मात्रै ऋणपत्र जारी गर्न पाउने व्यवस्था भएपनि अब लघुवित्त वित्तीय संस्थाहरुले साविकको भन्दा ४ गुणा बढी ऋणपत्र जारी गर्न पाउने भएका हुन् ।

laxmi

यस्तै राष्ट्र बैंकले लघुवित्तहरु आगामी पुष मसान्तसम्म एक आपसमा गाभ्ने गाभिनेसम्बन्धि प्रक्रियामा गएमा विभिन्न सुविधा पाउने व्यवस्था गरिदिएको छ । यस्ता सुविधाहरुमा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने, वार्षिक २० प्रतिशत भन्दा बढी लाभांस ९नगद वा बोनस० वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०८० असार मसान्त सम्मको लागि छुट प्रदान गर्नेलगायत रहेका छन् ।

यसअघि यस्तो सुविधा गत असार मसान्तसम्म मात्रै दिने बताईएको थियो । उक्त समयलाई लम्ब्याउँदै राष्ट्र बैंकले पुष मसान्तसम्म गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL