Logo

एभरेष्ट बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड

एभरेष्ट बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ दशमलव ७७ प्रतिशतले नाफा बढाएको छ । बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार दुई अर्ब ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

laxmi

विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ रुपैयाँ बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १९ रुपैयाँ ८२ पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ रुपैयाँ ८९ पैसा पुगेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढ्नाले बैंकको यस्तो आम्दानी बढ्न पुगेको हो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३४।३३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३२.८८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.८२ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ छ।

बैंकले अघिल्लो वर्षभन्दा ७ दशमलव ८१ प्रतिशत बढी १ खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ भने १३ दशमलव ९३ प्रतिशत बढी १ खर्ब ४५ अर्ब ४७ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष शून्य दशमलव १२ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव २४ प्रतिशत पुगेको छ । चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २७ रूपैयाँ एक पैसा र प्रतिशेयर नेटवर्थ २४० रूपैयाँ ७३ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL