Logo

मेगा बैंकसँग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब बढी, यस्तो छ प्रतिसेयर आम्दानी

मेगा बैंकसँग मर्जर सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब बढी, यस्तो छ प्रतिसेयर आम्दानी



काठमाडौं । मेगा बैंकसँग मर्जका लागि सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८-७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आवको असार मसान्तसम्म बैंकले ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।

laxmi

जुन अघिल्लो आवको असार मसान्तसम्मको तुलनामा १४.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ६.३७ प्रतिशतले वृद्धि भई ५ अर्ब ९४ करोड ९० लाख ६८ हजार रुपैयाँ कायम भएको छ । बैंकको यो आम्दानी अघिल्लो आवमा भने ५ अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, उक्त अवधिमा बैंकको संचालन मुनाफा पनि ३१.४१ प्रतिशतले वृद्धि भई ६ अर्ब ७२ करोड ७६ लाख १ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य मुनाफा भने २ अर्ब ३ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १५ अर्ब ९६ करोड ६३ लाख ८७ हजार रुपैयाँ राखेको छ । उक्त अवधिमा बैंकले खराब कर्जा पनि ०.९९ प्रतिशतले घटाएर १.४७ प्रतिशतमा झारेको छ । अघिल्लो आवमा बैंकको यो कर्जा २.४६ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि झिनो वृद्धि भई २२ रुपैयाँ ३२ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ २१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL